arin enterprises

लकडाउन खुलेपछिको उच्च संख्यामा संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ श्रावण २७, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको हो ।

पछिल्लो पटक एक सय ७१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ४ लाख ६२ हजार ६ सय ९८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ५८ छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २ सय एक जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज पनि थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय