उपत्यकामा १३४ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ श्रावण २७, मंगलबार

देशका विभिन्न सरकारी र निजी कोभिड प्रयोगशालाहरुमा गरिएको १० हजार ४ सय ६२ वटा नमूनाको परिक्षणमा ५१ वटा जिल्लाबाट ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् ।
आज काठमाडौं उपत्यकाभित्र मात्रै एक सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा मात्रै एक सय १० जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी पर्सामा ७०, मोरङमा ४२, सर्लाहीमा ४१, बारामा ३९, सुनसरी र रुपन्देहीमा ३३/३३ जना, बाँकेमा २९, धनुषामा २४ र रौतहटमा २० जना संक्रमित भेटिएका छन् ।
कपिलवस्तुमा १८, प्यूठानमा १७, उदयपुर र ललितपुमा १६/१६, सिराहामा १४, सप्तरीमा १३, महोत्तरीमा १२, धादिङमा ११ र झापामा १० जना कोरोना पोजेटिभ पाइएका छन् ।
दाङमा ९, भक्तपुरमा ८, कास्की र सल्यानमा ५/५, काभ्रेपलान्चोकमा ४, नुवाकोट, चितवन र दैलेखमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ भने बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, ओखलढुङ्गा, पर्वत र सुर्खेतमा २/२ जना संक्रमित भेटिएका छन् ।
गोरखा, मकवानपुर, बर्दिया, दार्चुला, खोटाङ, स्याङ्जा, रोल्पा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालिकोट, पाँचथर, रामेछाप, रुकुमपश्चिम, सिन्धुपाल्चोक र धनकुटामा एक/एक जनामा संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय