कोरोना संक्रमित संख्या २५ हजार नजिक
SamacharDesk – बिकाश | २०७७ श्रावण २९, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको हो ।
पछिल्लो पटक एक सय ९ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ४ लाख ८३ हजार ३८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ५९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १४ हजार ७ सय ६९ छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । आज फेरी थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय