कोरोनाको हटस्पट बन्दै काठमाडौं, आज १११ जना नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ श्रावण २९, बिहिबार

पछिल्लो २४ घन्टामा देशका ३२ सरकारी र ६ वटा निजी कोभिड प्रयोगशालाहरुमा गरिएको ९ हजार ८ सय ५९ वटा नमूना परिक्षणमा ३७ वटा जिल्लाबाट ५ सय २५ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।
पछिल्ला दिनका नयाँ संक्रमितको तथ्याङ्कलाई हेर्ने हो भने काठमाडौं कोरोनाको हटस्पट बन्दै गइरहेको देखिन्छ ।
आज पनि ५ सय २५ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाबाट एक सय २७ जना रहेका छन् ।
३७ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा एक सय ११ जना रहेका छन् भने मोरङमा ८८, पर्सामा ३९, सप्तरीमा ३१, मकवानपुरमा २८, सर्लाहीमा २६, रौतहटमा २५, धनुषामा २२ र कपिलवस्तुमा २१ जना रहेका छन् ।
सुनसरी र महोत्तरीमा २०/२० जना संक्रमित भेटिँदा रुपन्देहीमा १२, ललितपुर र चितवनमा ११/११, बाँकेमा १०, काभ्रेपलान्चोकमा ८, भक्तपुरमा ५, इलाममा ४, रामेछाप, कास्की, नवलपरासी पूर्व, प्यूठान र बर्दियामा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।
झापा, सिराहा, सिन्धुली दाङमा २/२ जनामा संक्रमण देखिँदा उदयपुर, बारा, नुवाकोट, दोलखा, सुर्खेत, तनहुँ, पाल्पा, नवलपरासी पश्चिम, बैतडी र डोटीमा एक/एक जना कोरोना पोजुेटिभ भेटिएका छन् ।
Categorized in राष्ट्रिय