arin enterprises

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण ३०, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।

पछिल्लो पटक २ सय ४० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १७ हजार ७७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ४ लाख ९४ हजार ६ सय १३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ७५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १४ हजार ६ सय ३८ छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । आज फेरी थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय