काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ भाद्र ३०, मंगलबार

पछिल्लो २४ घन्टामा थप भएका कोरोनाभाईरस (कोभिड १९) का एक हजार ४ सय ५९ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामै ६ सय ७६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो पटक काठमाडौंमा ५ सय ५५ जना नयाँ संक्रमित थप भएका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।
सिराहामा एक सय ६२, मोरङमा एक सय ११, मकवानपुरमा ८७, रुपन्देहीमा ११, चितवनमा ३७, बाँकेमा २७, रौतहट र दाङमा २६/२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासी पूर्वमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११/११, महोत्तरी र तनहुँमा ९/९, काभ्रेपलान्चोक, कन्चनपुर र वैतडीमा ८/८, कास्कीमा ७, झापा र धनुषामा ६/६, दोलखा र गोरखामा ५/५, सर्लाही, धादिङ र लमजुङमा ४/४ जनामा संक्रमण देखिएको छ ।
बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम) र दार्चुलामा ३/३, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङमा २/२ र ओखलढुङ्गा, खोटाङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दियामा एक/एक जनामा कोरोना पोजेटिभ पाइएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ८ सय २३, प्रदेश २ मा २ सय ३५, प्रदेश एकमा एक सय ३९, प्रदेश ५ मा एक सय ३०, गण्डकी प्रदेशमा ६१, सुदुरपश्चिम प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २७ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय