उपत्यकामा संक्रमित बढ्दै, ६४१ मध्ये १७२ उपत्यकाका
SamacharDesk – बिकाश | २०७७ श्रावण ३२, आइतबार

काठमाडौं उपत्यका भित्र दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । हिजो काठमाडौं उपत्यकाभित्र सयभन्दा कम संक्रमित भेटिएर काठमाडौंवासीलाई केही राहत महसुस भएको थियो भने आज एकैपल्ट एक सय ७२ जना संक्रमित भेटिएको छ ।
आज ३७ वटा जिल्लाबाट ६ सय ४१ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा बढि काठमाडौंमै छन् । आज काठमाडौंमा एक सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी ललितपुरमा ३८ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ८ जनामा संक्रमण भेटिएको छ ।
मोरङमा एक सय जना संक्रमित भेटिँदा बारामा ६९, पर्सामा ६४, रुपन्देहीमा ५८, धनुषामा ३७, चितवनमा २७, रौतहटमा १४, सप्तरी र कास्कीमा ११÷११, बाँकेमा १० जनामा कोरोना पोजेटिभ पाइएको छ ।
नवलपरासी पश्चिम र महोत्तरीमा ८/८, दाङमा ७, कन्चनपुर र तनहुँमा ५/५, बर्दिया, सिराहा र कैलालीमा ३/३ जनामा, सुनसरी, सर्लाही, कपिलवस्तु, नवलपरासी पूर्व र रोल्पामा २/२ जनामा संक्रमण पाइएको छ ।
नुवाकोट, सिन्धुली, जुम्ला, रुकुमपश्चिम, इलाम, मकवानपुर, बागलुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङमा एक/एक जना संक्रमण भेटिएका छन् ।
आज संक्रमण पुष्टि हुने ६ सय ४१ मध्ये २ सय १८ जना महिला र ४ सय २३ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय