arin enterprises

संक्रमित धमाधम बढ्दै, २७ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ भाद्र १, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको हो ।

पछिल्लो पटक एक सय ६० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ५ लाख २९ हजार ४ सय २७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २० वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १५ हजार एक सय ९८ छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ७ नाघेको छ । आज थप ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय