arin enterprises

निषेधाज्ञाको पहिलो दिन ७०७ जना नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ भाद्र ४, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ सय जना काठमाडौं उपत्यकाकै रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौंमा एक सय ७४ जना, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

पछिल्लो पटक दुइ सय ६४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ५ लाख ६६ हजार २ सय २० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ३२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ । 

सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ८३ र ३ हजार ४ सय ७२ होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय २६ पुगेको छ । आज थप ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय