arin enterprises

आज पनि उपत्यकाबाट २ सय बढि संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ भाद्र ६, शनिबार

पछिल्लो पटकको देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको स्वाब नमूनाको परिक्षणमा ४३ जिल्लाबाट ६ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये सबैभन्दा बढि आज पनि काठमाडौं जिल्लाबाटै छन् । आज काठमाडौं उपत्यकाबाट २ सय १६ जनामा संक्रमित भेटिएकोमा काठमाडौंबाटै एक सय ६० जना रहेका छन् भने भक्तपुरबाट ५० जना र ललितपुरमा ६ जना रहेका छन् ।

त्यसैगरी पर्सामा ५९, मोरङमा ५२, सिराहाबाट ३५, मकवानपुरबाट ३२, सुनसरीबाट ३१, बाँकेबाट २८, चितवनबाट २७ जना र रुपन्देहीमा २३ जना नयाँ संक्रमित थपिएका छन् ।

झापामा १७, कास्कीमा १६, कपिलवस्तुमा १५, कैलालीमा १४, बारामा १० जनामा संक्रमण पुष्टि हुँदा बर्दियामा ७, सल्यानमा ६, दोलखामा ४, भोजपुर, धनुषा, सप्तरी, काभ्रेपलान्चोक, नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट ३/३ जना कोरोना संक्रमित पाइएका छन् ।

रौतहट, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतमा २/२ जनामा संक्रमण देखिँदा, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बागलुङ, स्याङ्जा, पाल्पा, प्यूठान, रोल्पा, डडेलधुरा, डोटी र इलामबाट एक/एक जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशहरुमा सबैभन्दा बढि बागमतिमा २ सय ८७ जना र सबैभन्दा कम कर्णालीमा १० जना संक्रमित भेटिएका छन् ।

प्रदेश २ मा एक सय १४, प्रदेश एकमा एक सय ५, प्रदेश ५ मा ७९, गण्डकी प्रदेशमा २३ र सुदुरपश्चिम प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ ।

Categorized in राष्ट्रिय