arin enterprises

८१८ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३१९३५

SamacharDesk – बिराज | २०७७ भाद्र ७, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये एक सय २६ काठमाडौंका छन् भने भक्तपुरमा २८ जना र ललितपुरमा १२ जना रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

पछिल्लो पटक २ सय ८१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट ६ लाख  ४ सय ४४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार २६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ४सय १४ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ जना रहेका छन् । 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । आज ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Categorized in राष्ट्रिय