arin enterprises

७४३ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३२६७८

SamacharDesk – बिराज | २०७७ भाद्र ८, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना भाईरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा २ सय २४ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये १ सय ७७ काठमाडौंका छन् भने ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

पछिल्लो पटक १ सय ७५ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १८ हजार ८ सय ६ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट ६ लाख  १० हजार ६ सय ७८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार २ सय ३४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार २ सय ७५ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ जना रहेका छन् । 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । आज ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय