८ सय बढिमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३३ हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
पछिल्लो पटक ३ सय १३ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १९ हजार एक सय १९ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ६ लाख २१ सय ९ सय एक जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ३ सय २७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार ४ सय ५३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ जना छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ । आज ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय