८५५ मध्ये काठमाडौं उपत्यकामा २३२ संक्रमित
SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ११ हजार ३ सय २७ वटा नमूना परिक्षणबाट ५७ जिल्लाबाट ८ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् ।
आज पनि सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । काठमाडौं उपत्यकामा २३२ जना संक्रमित भेटिएकोमा काठमाडौंमै एक सय ९९ जना रहेका छन् भने ललितपुरमा १९ र भक्तपुरमा १४ जना रहेका छन् ।
त्यसैगरी रुपन्देहीमा ६९, सर्लाहीमा ५८, डोटीमा ४५, रौतहटमा ४४, मोरङमा ४३, धनुषामा ४२, चितवनमा ३७, कपिलवस्तुमा २३ जना संक्रमित देखिएका छन् ।
अछाममा १९, दाङमा १८, बारा र महोत्तरीमा १७/१७, सुनसरी र कैलालीमा १६/१६, बाँकेमा १५, कास्कीमा १३, कन्चनपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
बझाङमा ९, धादिङ र नवलपरासी पश्चिममा ८/८, तनहुँ र बर्दियामा ६/६, झापा, काभ्रेपलान्चोक, कालिकोट र सुर्खेतमा ५/५ जना, पर्सा, नवलपरासी पूर्व, पाल्पा, प्यूठान, दैलेख सल्यानमा ४/४ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
सप्तरी, सिराहा, दोलखा, रोल्पामा ३/३ जनामा, सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पर्वत, गुल्मी, डडेलधुरा र बैतडीमा २/२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
ओलखढुङा, खोटाङ, नवाकोट, रामेछाप, लमजुङ, बागलुङ, अर्घाखाँची, जुम्ला, मुगु र उदयपुरमा एक/एक जना संक्रमित भेटिएका छन् ।
प्रदेशहरुमा सबैभन्दा बढि वागमती प्रदेशमा २ सय ९१ र सबैभन्दा कम कर्णाली प्रदेशमा २० जना संक्रमित देखिएका छन् ।
प्रदेश २ मा एक सय ८८, प्रदेश ५ मा एक सय ५३, सुदुरपश्चिम प्रदेशमा एक सय ५, प्रदेश एक मा ६९ र गण्डकी प्रदेशमा २९ जनामा संक्रमण भेटिएको छ ।
Categorized in राष्ट्रिय