संक्रमित धमाधम थपिँदै, ८८५ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये २ सय ९९ जना महिला छन् भने ५ सय ८६ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
पछिल्लो पटक ३ सय ८५ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ६ लाख ३५ हजार २ सय ५२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार २ सय ५३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ हजार ८ सय ३२ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार २८ जना छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जना छन् ।
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश बाहेक पाँचवटा प्रदेशमा जम्मा एक सय ५१ जना आइसियूमा उपचाररत छन् भने भेन्टिलेटरमा १४ जना उपचाररत छन् । भेन्टिलेटरमा उपचाररत १३ जना वागमती प्रदेशमै छन् भने एक जना प्रदेश एकमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । आज कोरोना संक्रमणका कारण एकैपल्ट ११ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय