arin enterprises

काठमाडौं उपत्यकामा ३ सय १ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार २ सय ५३ वटा नमूना परिक्षणमा ४६ जिल्लाबाट ८ सय ८५ जना नयाँ संक्रमित भेटिएका छन् ।

आज थप नयाँ संक्रमितहरुमध्ये काठमाडौं उपत्यकामै ३ सय एक जना रहेका छन् । काठमाडौंमै २ सय ३० जनामा संक्रमण देखिएको छ भने ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

सर्लाहीमा एक सय २० जनामा संक्रमण भेटिँदा सुनसरीमा ५५, धनुषामा ४३, चितवनमा ४२, कैलालीमा २९, बारामा २४, लमजुङमा २३, प्यूठानमा २२, काभ्रेपलान्चोकमा २१, रौतहट र अछाममा २०/२० जनामा संक्रमण भेटिएको छ ।

त्यसैगरी रुपन्देहीमा १९, महोत्तरी र मकवानपुरमा १८/१८, झापा र दाङमा १६/१६, मोरङमा १३, तेहथुममा ८, नवलपरासी पूर्व र सुर्खेतमा ७/७, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेमा ४/४ र सिराहामा ३ जना कोरोना पोजेटिभ पाइएको छन् ।

दोलखा, धादिङ, नवलपरासी पश्चिम, कन्चनपुर, डडेलधुरा र डोटीमा २/२ जना, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख, सल्यान र खोटाङमा एक/एक जना संक्रमित भेटिएका छन् ।

प्रदेशहरुमा सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय ८८ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा १० जना संक्रमित भेटिएका छन् ।

प्रदेश २ मा २ सय ३० जना, प्रदेश एकमा ९७, प्रदेश ५ मा ७०, सुदुरपश्चिम प्रदेशमा ५५ र गण्डकी प्रदेशमा ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय