arin enterprises

११ सय बढिमा संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या साढे ३५ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ भाद्र ११, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ३ सय ३४ जना महिला छन् भने ७ सय ७७ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो पटक ५ सय ६९ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ६ लाख ४७ हजार ८ सय ८१ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ६ सय २९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ हजार ४ सय ८८ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार २ सय १० जना छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६३ जना छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको छ । आज कोरोना संक्रमणका कारण ८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय