वागमती प्रदेशमा ५२२ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७७
SamacharDesk – बिकाश | २०७७ भाद्र ११, बिहिबार

पछिल्लो २४ घन्टामा ४७ जिल्लाबाट एक हजार एक सय ११ जना नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै रहेका छन् ।
प्रदेशहरुमा पनि सबैभन्दा बढि वागमती प्रदेशमै संक्रमित भेटिएका छन् ।
अन्य जिल्लाहरुमा ८५ जनासम्म संक्रमित भेटिएको अवस्थामा काठमाडौंमा भने आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमित देखिएका छन् ।
काठमाडौं उपत्यकामा ३ सय ७७ जना नयाँ संक्रमित भेटिएकोमध्ये काठमाडौंमा २ सय ७० जना छन् भने ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।
अन्य जिल्लाहरुमा पर्सामा ८५, बाँकेमा ७५, रुपन्देहीमा ७२, मकवानपुरमा ६३, चितवनमा ४५, धनुषामा, ३९, सुनसरीमा ३८, बारामा ३० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, सप्तरीमा २२, कपिलवस्तुमा २१, मोरङ र कैलालीमा २०/२०, नवलपरासी पश्चिममा १८, नवलपरासी पूर्व र वैतडीमा १७/१७, रौतहटमा १५, काभ्रेपलान्चोक १३, दैलेखमा १२ र तनुहँमा ११ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी सुर्खेतमा ९, बागलुङमा ८, महोत्तरी, सिराहा र नुवाकोटमा ७/७, सर्लाही, रामेछाप, कन्चनपुर र डोटीमा ६/६, सिन्धुली र जाजरकोटमा ५/५, संखुवासभा र प्यूठानमा ४/४, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीमा ३/३ जनामा कोरोना पोजेटिभ पाइएको छ ।
दोलखा कास्की र दाङमा २/२ जना संक्रमित भेटिँदा धादिङ, गोरखा, पर्वत, बर्दिया, बझाङ र खोटाङमा भने एक/एक जनामा कोरोना संक्रमण पाइएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा सबैभन्दा बढि ५ सय २२ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २६ जना नयाँ संक्रमित थपिएका छन् ।
अन्य प्रदेशहरुमा प्रदेश २ मा २ सय ११, प्रदेश ५ मा एक सय ९६, प्रदेश एकमा ६३, सुदुरपश्चिम प्रदेशमा ५० र गण्डकी प्रदेशमा ४३ जना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय