arin enterprises

९२७ नयाँ संक्रमित थपिए, १६९ निको भए

SamacharDesk – बिकाश | २०७७ भाद्र १२, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा ९ सय २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ३ सय ३४ जना महिला छन् भने ५ सय ९३ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो पटक एक सय ६९ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २० हजार २ सय ४२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ६ लाख ५८ हजार एक सय १० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार २ सय २९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ८ हजार ९ सय ३९ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १६ हजार १९ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना छन् ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाहेक ५ वटा प्रदेशमा एक सय ६४ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने प्रदेश १, वागमती र प्रदेश ५ मा गरी जम्मा २२ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको छ । पछिल्लो पटक कोरोना संक्रमणका कारण एकैपल्ट १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय