arin enterprises

काठमाडौंमा साढे ३ सय नयाँ संक्रमति थपिए

SamacharDesk – बिकाश | २०७७ भाद्र १२, शुक्रबार

पछिल्ला दिनहरुमा काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । काठमाडौंमा संक्रमण दिनहुँ बढ्दो अवस्थामा रहेको छ ।

आज पनि ४७ वटा जिल्लाबाट ९ सय २७ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा काठमाडौंमै रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जना छन् ।

काठमाडौंमा ३ सय ५० जना नयाँ संक्रमित भेटिँदा भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुपन्देहीमा ७२, मकवानपुरमा ५१, मोरङमा ४७, सुनसरीमा ४१, बाँकेमा ३६, चितनवनमा २६, रौतहटमा २१ र धनुषामा २० जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी काभ्रेपलान्चोकमा १७, धादिङ र कास्कीमा १६/१६, झापामा १५, महोत्तरी र सर्लाहीमा १३/१३, सिराहामा १२, नवलपरासी पूर्व, दैलेख र कैलालीमा ११/११ जना संक्रमित थपिएका छन् ।

डोटीमा ९, सप्तरीमा ७, जुम्लामा ६, बारा र तनहुँमा ४/४, नुवाकोट र सल्यानमा ३/३, पाँचथर, संखुवासभा, सिन्धुली, लमजुङ, अर्घाखाँची र कपिलवस्तु, नवलपरासी पश्चिम र बर्दियामा २/२ जनामा संक्रमण भेटिएको छ ।

उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, पर्सा, रसुवा, सिन्धुपाल्चोक, गोरखा, बागलुङ, दाङ, कन्चनपुर र इलाममा एक/एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेशहरुमा भने आज पनि सबैभन्दा बढि वागमति प्रदेशमा ५ सय ३२ र सबैभन्दा कम कर्णालीमा प्रदेशमा २० जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश ५ मा एक सय १७, प्रदेश एकमा एक सय ११, प्रदेश २ मा ९१, गण्डकी प्रदेशमा ३५ र सुदुरपश्चिम प्रदेशमा २१ जना संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय