८८४ नयाँ संक्रमित थपिए, ३१३ निको भए
SamacharDesk – बिकाश | २०७७ भाद्र १३, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये २ सय ४२ जना महिला छन् भने ६ सय ४२ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४९ पुगेको छ ।
पछिल्लो पटक ३ सय १३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २० हजार ५ सय ५५ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ५ सय १६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ८ हजार ३५ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार ४ सय ४५ जना छन् भने संस्थागत आइसोलेसनमा १० हजार एक सय ४५ जना छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय ७ पुगेको छ । पछिल्लो पटक कोरोना संक्रमणका कारण एकैपल्ट १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय