हिजो ३५० संक्रमित भेटिएको काठमाडौंमा आज १५५
SamacharDesk – बिकाश | २०७७ भाद्र १३, शनिबार

पछिल्ला दिनमा संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको काठमाडौं उपत्यकाले आज भने केही राहत पाएको छ ।
हिजो ४ सय १५ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा आज भने यो संख्या घटेर एक सय ८६ जना संक्रमित थपिएका छन् ।
एक सय ८६ मध्ये काठमाडौंमा एक सय ५५ जना छन् भने ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन् ।
त्यसैगरी सर्लाहीमा ८३, पर्सामा ७३, चितवनमा ५७, धनुषामा ४९, मोरङमा ३१, लमजुङमा २९, महोत्तरी र बझाङमा २६/२६, सुनसरीमा २४, नवलपरासी पूर्वमा २३, सिराहामा २२, बारा र बैतडीमा २१/२१ र झापा र बाँकेमा २०/२० जनामा संक्रमण पुष्टि भएको छ ।
धनकुटा, काभ्रेपलान्चोक, दाङ र कैलालीमा १९/१९, कन्चनपुरमा १७, रुपन्देहीमा १६, नवलपराशी पश्चिम र सुर्खेतमा १०/१० जना संक्रमित थपिएका छन् ।
धादिङ र मकवानपुरमा ९/९, रौतहटमा ५, संखुवासभा, कास्की र दार्चुलामा ३/३, सप्तरी र कपिलवस्तुमा २/२, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुमपश्चिम र इलाममा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा २ सय ८२ जना संक्रमित भेटिँदा प्रदेश २ मा २ सय ८१, प्रदेश एकमा ९८, सुदुरपश्चिम प्रदेशमा ८६, प्रदेश ५ मा ६८, गण्डकी प्रदेशमा ५५ र कर्णाली प्रदेशमा १४ जना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय