१२ सय बढि नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ३ सय ४८ जना महिला छन् भने ८ सय ७३ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
पछिल्लो पटक २ सय ६७ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २० हजार ८ सय २२ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ६ लाख ८२ हजार ३ सय ४३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ७ सय १७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ७ सय ९७ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार ९ सय छ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय २१ पुगेको छ । पछिल्लो पटक कोरोना संक्रमणका कारण एकैपल्ट १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय