काठमाडौं उपत्यकामा ४ सय बढिमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

पछिल्लो २४ घन्टामा देशभरका कोभिड प्रयोगशालामा गरिएको १२ हजार ७ सय १७ नमूना परिक्षणमा ४५ वटा जिल्लाबाट एक हजार २ सय २१ जना नयाँ संक्रमित भेटिएका छन् ।
४७ जिल्लामध्ये आज पनि सबैभन्दा काठमाडौं जिल्लामै संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकाबाट ४ सय २९ जना संक्रमित भेटिएकोमा काठमाडौंमा ३ सय ७२ जना रहेका छन् भने भक्तपुरमा ४५ र ललितपुरमा १२ जना छन् ।
त्यस्तै चितवनमा ९०, बारामा ८२, धनुषामा ७५, रुपन्देहीमा ६१, मोरङमा ४९, बझाङमा ४७, पर्सामा ४६, महोत्तरीमा ३७, सर्लाहीमा ३४, सुनसरी ३३ जनाम संक्रमण पुष्टि भएको छ ।
सिराहामा २६, काभ्रेपलान्चोक र कपिलवस्तुमा २५/२५, नवलपराशी पश्चिममा २१ जना नयाँ संक्रमित थपिएका छन् ।
बाँकेमा १४, झापा र डोटीमा ११, मकवानपुरमा ९, पाल्पा र अछाममा ८/८, सप्तरी, गुल्मी, बर्दिया र कैलालीमा ६/६, सिन्धुली, कास्की, गोरखा, दाङ र प्यूठानमा ५/५, ओखलढुङ्गा र तनहुँमा ४/४, धादिङ, बागलुङ र अर्घाखाँचीमा ३/३ जनामा संक्रमण देखिएको छ ।
संखुवासभा, सिन्धुपाल्चोक, नवलपरासी पूर्व र दार्चुलामा २/२ जनामा संक्रमण भेटिँदा पाँचथर, रामेछाप, कन्चनपुर, इलाममा एक/एक जनामा कोरोना पोजेटिभ पाइएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ५ सय ६४ जना, प्रदेश २ मा ३ सय ६, प्रदेश ५ मा एक सय ५४, प्रदेश एकमा एक सय एक, सुदुर पश्चिममा ७५ र गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो परिक्षणमा कर्णाली प्रदेशमा भने नयाँ संक्रमण देखिएको छैन ।
Categorized in राष्ट्रिय