arin enterprises

८९९ नयाँ संक्रमित थप, ५८८ जना निको भए

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ३ सय ३ जना महिला छन् भने ५ सय ९६ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

पछिल्लो पटक ५ सय ८८ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २१ हजार ४ सय १० पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ६ लाख ९३ हजार ४ सय ७२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार एक सय २९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ३ सय ३७ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार एक सय २१ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ७ सय एक जना छन् ।

प्रदेश एकमा एक जना, प्रदेश दुईमा ३८, वागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना गरी देशभरमा जम्मा एक सय ३२ जना आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश एकमा एक जना, वागमति प्रदेशमा १३ जना र प्रदेश ५ मा २ जना गरी जम्मा १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक कोरोना संक्रमणका कारण ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ । 

Categorized in राष्ट्रिय