arin enterprises

काठमाडौं उपत्यकामा २९८ संक्रमित थप, काठमाडौंमा १९०

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

पछिल्लो पटक ४६ जिल्लाबाट ८ सय ९९ नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा काठमाडौं उपत्यकाबाटै रहेका छन् । 

पछिल्लो परिक्षणमा काठमाडौंबाट एक सय ९० जना, ललितपुरबाट ६७ जना र भक्तपुरबाट ४१ जना गरी काठमाडौं उपत्यकाबाट २ सय ९८ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै सर्लाहीमा एक सय ३, चितवनमा ७१, मकवानपुरमा ४२, सुर्खेतमा ३८, पर्सामा ३४, धनुषामा ३१, तनहुँमा २६, सुनसरीमा २५, बारा र अछाममा २३/२३ जना र सप्तरीमा २२ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी मोरङमा १९, कैलालीमा १६, बाँकेमा १४, काभ्रेपलान्चोक र गोरखामा १३/१३, रुपन्देहीमा ११, संखुवासभामा ९, सिन्धुली र कन्चनपुरमा ७/७, महोत्तरीमा ६, झापा र सिराहामा ५/५, नवलपरासी पूर्व र बागलुङमा ४/४ जनामा कोरोना पोजेटिभ पाइएको छ ।

कास्की र नवलपरासी पश्चिममा ३/३, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीमा २/२ जना र ओखलढुङ्गा, खोटाङ, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङमा एक/एक जना कोभिड संक्रमण पुष्टि भएको छ ।

प्रदेशहरुमा वागमती प्रदेशमा ४ सय ३७, प्रदेश २ मा २ सय २५, प्रदेश एकमा ६०, गण्डकी प्रदेशमा ५२, सुदुरपश्चिम प्रदेशमा ५०, कर्णाली प्रदेशमा ३९ र प्रदेश ५ मा ३४ जना संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय