कुल संक्रमित साढे ४० हजार नाघ्यो, निको हुने २२ हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ भाद्र १६, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ३ सय ४४ जना महिला छन् भने ७ सय २५ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
पछिल्लो पटक ७ सय ६८ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २२ हजार एक सय ७८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ७ लाख ५ हजार ५ सय ६० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ८८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ३ सय ९० रहेको छ ।
सक्रिय संक्रमितको संख्या १८ हजार एक सय १२ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार दुई सय ८० रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय २७ जना आइसीयूमा उपचाररत छन् भने १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा दुई सय ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय