काठमाडौं उपत्यकामा ४८१ संत्रमित थपिए, काठमाडौंमा ३९३
SamacharDesk – बिकाश | २०७७ भाद्र १६, मंगलबार

पछिल्लो समय कोरोनाको हटस्पट बनेको काठमाडौंमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ४ सयको नजिक नयाँ संक्रमितहरु थप भएका छन् ।
आज एक हजार ६९ जना नयाँ संक्रमित थप भएकोमा ४ सय ८१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये काठमाडौंमा मात्रै ३ सय ९३ जना छन् भने ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।
त्यसैगरी रुपन्देहीमा ९१, सुनसरीमा ५६, चितवनमा ४५, बझाङमा ४०, बाँकेमा ३३, लमजुङमा ३२, डोटीमा २४, कैलालीमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै सर्लाहीमा १९, नवलपरासी (पूर्व) मा १५, झापामा १४, गुल्मी, दाङ र अछाममा १३, मोरङ र वैतडीमा १२/१२, बारा, दोलखा र धादिङमा ११/११ जनामा कोरोना पुष्टि भएको छ ।
काभ्रेपलान्चोक र गोरखामा ८/८, कपिलवस्तु र वर्दियामा ७/७, मकवानपुर र सिन्धुलीमा ६/६, रौतहट र तनहुँमा ५/५, कास्की, नवलपरासी (पश्चिम) र कन्चनपुरमा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
साथै, खोटाङ, पर्सा, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख, डडेलधुरामा २/२ जना र उदयपुर, पाँचथर, धनुषा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, प्यूठान, रुकुमपूर्व, सुर्खेत र सल्यानमा एक/एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ५७४, प्रदेश ५ मा एक सय ८०, सुदुरपश्चिम प्रदेशमा एक सय १५, प्रदेश एकमा ८८, गण्डकी प्रदेशमा ६५, प्रदेश २ मा ४१ र कर्णाली प्रदेशमा ६ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय