११२० संक्रमित भेटिँदा १११२ निको भए
SamacharDesk – बिकाश | २०७७ भाद्र १७, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ३ सय २० जना महिला छन् भने ८ सय जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
पछिल्लो पटक निको हुनेको संख्या पनि हजार बढि रहेको छ । एक हजार एक सय १२ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २३ हजार २ सय ९० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ७ लाख १८ हजार ४ सय ३९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ८ सय ७९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ७ सय ६६ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १८ हजार एक सय ८ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ६ सय १५ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ४४ जना आइसीयूमा उपचाररत छन् । प्रदेश एकमा ७, प्रदेश २ मा ३०, वागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा २० जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा एक जना, वागमती प्रदेशमा १४ जना र प्रदेश ५ मा ३ जना गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा दुई सय ५१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय