काठमाडौंमा ३ सय ५० संक्रमित, उपत्यकामा ३ सय ८८
SamacharDesk – बिकाश | २०७७ भाद्र १७, बुधबार

आज पनि काठमाडौंमा उच्च संख्यामा कोरोनाभाईरस (कोभिड १९) को नयाँ संक्रमित भेटिने क्रम जारी नै रह्यो ।
आज काठमाडौं उपत्यकामा ३ सय ८८ जना नयाँ संक्रमित भेटिएकोमा ३ सय ५० जना काठमाडौंबाटै छन् भने ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, सुनसरीमा ७२, धनुषामा ६३, मोरङमा ५३, सर्लाहीमा ५०, पर्सामा ४९, चितवनमा ४३, बाँकेमा ४१, जुम्लामा ३७, मकवानपुरमा ३३, महोत्तरीमा ३१ जनामा संक्रमण भेटिएको छ ।
त्यसैगरी रुपन्देहीमा २७, कास्कीमा २४, बारामा २३, कालिकोटमा २१, लमजुङमा १९, रौतहटमा १८, नवलपरासी पूर्वमा १६, सिराहामा १५, कैलालीमा १३, सप्तरीमा १२ र झापामा ११ जनामा संक्रमण देखिएको छ ।
बझाङमा ९, दाङमा ६, बर्दियामा ५, तनहुँमा ४, भोजपुर, नवलपरासी पश्चिम र कन्चनपुरमा ३÷३, ओखलढुङ्गा, धनकुटा, धादिङ, रामेछाप, सिन्धुपाल्चोक, र प्यूठानमा २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।
उदयपुर, खोटाङ, पाँचथर, काभ्रेपलान्चोक, नुवाकोट, सिन्धुली, गोरखा, पर्वत, स्याङ्जा, अर्घाखाँची, पाल्पा, रोल्पा, दैलेख, अछाम, डडेलधुरा र वैतडीमा एक÷एक जना कोरोना संक्रमित पाइएको छ ।
प्रदेशहरुमा सबैभन्दा बढि वागमती प्रदेशमा ४ सय ७३ र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २८ जना संक्रमित देखिएको छ ।
त्यस्तै प्रदेश २ मा दुई सय ६१, प्रदेश एकमा एक सय ४६, प्रदेश ५ मा ८७, गण्डकी प्रदेशमा ६६ र कर्णाली प्रदेशमा ५९ जनामा संक्रमण भेटिएको छ ।
Categorized in राष्ट्रिय