१२२८ नयाँ संक्रमित थप, ९१७ निको
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ३ सय ९४ जना महिला छन् भने ८ सय ३४ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
पछिल्लो पटक ९ सय १७ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या २४ हजार २ सय ७ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ७ लाख ३१ हजार ८ सय ५२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ४ सय १३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ७ सय ४९ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ जना रहेका छन् ।
तीमध्ये होम आइसोलेसनमा ७ हजार ७ सय ४२ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ६ सय ७१ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ४१ जना आइसीयूमा उपचाररत छन् । प्रदेश एकमा ५, प्रदेश २ मा २७, वागमती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५ र प्रदेश ५ मा १९ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा एक जना, वागमती प्रदेशमा १३ जना र प्रदेश ५ मा ३ जना गरी १६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा दुई सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय