काठमाडौंमा आज पनि ३ सय बढि संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

पछिल्ला केही दिनहरुमा काठमाडौंमा दिनहुँ ३ सय बढि नयाँ संक्रमित थप भइरहेका छन् । आज पनि काठमाडौंमा साढे ३ सय बढि नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४ सय ४५ जना संक्रमित भेटिएका छन् भने तीमध्ये काठमाडौंमा ३ सय ५७ जना रहेका छन् । ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित देखिएका छन् ।
त्यस्तै सर्लाहीमा एक सय ९, बारामा ७१, पर्सामा ६५, धनुषामा ६४, चितवनमा ५६, रुपन्देहीमा ५२, मोरङमा ४६, कास्कीमा ३१, रौतहटमा २९, सुनसरीमा २७, मकवानपुरमा २२ र महोत्तरीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कैलालीमा १५, झापामा १२, कपिलवस्तुमा ११, गुल्मी र बझाङमा १०/१०, लमजुङ र नवलपरासी पश्चिममा ९/९, बाँकेमा ८, ओखलढुङ्गा, काभ्रेपलान्चोक र सुर्खेतमा ७/७, संखुवासभा, नवलपरासी पूर्व, दैलेख र अछाममा ६/६ जनामा कोरोना पोजेटिभ पाइएको छ ।
दोलखा, गोरखा, बर्दियामा ५/५, नुवाकोट, दाङ र डोटीमा ४/४, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कन्चनपुरमा ३/३, उदयपुर, तेर्हथुम, पाल्पा, प्यूठान, कालिकोट, सल्यान, दार्चुला र वैतडीमा २/२ र सप्तरी, रामेछाप, बागलुङ र जाजरकोटमा एक/एक जनामा संक्रमण पाइएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ५ सय ४६, प्रदेश २ मा ३ सय ५९, प्रदेश एकमा एक सय ५, प्रदेश ५ मा एक सय ३, गण्डकी प्रदेशमा ५५, सुदुरपश्चिम प्रदेशमा ४२ र कर्णाली प्रदेशमा १८ जना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय