arin enterprises

१३५९ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ४ सय ६४ जना महिला छन् भने ८ सय ९५ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो पटक एक हजार ३ सय ५४ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ३८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ५ सय ६१ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ जना रहेका छन् । 

तीमध्ये होम आइसोलेसनमा ७ हजार ४ सय ६२ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ५१ जना आइसीयूमा उपचाररत छन् । प्रदेश एकमा ५, प्रदेश २ मा २८, वागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५ र प्रदेश ५ मा २० र कर्णालीमा ३ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश एकमा ३ जना, वागमती प्रदेशमा १९ जना र प्रदेश ५ मा ४ जना गरी १६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा दुई सय ७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय