काठमाडौंमा संक्रमित संख्या बढ्दै
SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

पछिल्लो २४ घन्टामा ३५ जिल्लाबाट एक हजार ३ सय ५९ नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौंमै रहेको छ ।
आज काठमाडौं उपत्यकाबाट ४ सय ५४ नयाँ संक्रमित भेटिएका छन् भने तीमध्ये काठमाडौंबाट ३ सय ८६, भक्तपुरबाट ३६ र ललितपुरबाट ३२ जना रहेका छन् ।
त्यस्तै चितवनमा ८२, सर्लाहीमा ८०, मोरङमा ७६, महोत्तरीमा ४६, धनुषामा ४३, सुनसरीमा ३९, झापा र नवलपरासी पूर्वमा २८, पर्सामा २७, सप्तरी र गोरखामा २६÷२६, बारामा २१ र कास्कीमा २० जना रहेका छन् ।
त्यसैगरी धादिङमा १९, मकवानपुरमा १८, रामेछापमा १३, तनहुँमा १२, लमजुङमा १०, काभ्रेपलान्चोकमा ७, नुवाकोटमा ५, सिन्धुपाल्चोकमा ४, स्याङ्जामा ३ जनामा संक्रमण भेटिएको छ ।
साथमा ओखलढुङ्ग, खोटाङ, रौतहट, दोलखा र सिन्धुलीमा २÷२ जना र उदयपुर, सिराहा, रसुवा, म्याग्दी र बागलुङमा एक÷एक जनामा संक्रमण देखिएको छ ।
प्रदेशहरुमा वागमति प्रदेशमा ६ सय ७, प्रदेश २ मा २ सय ४६, प्रदेश एकमा एक सय ४८, प्रदेश ५ मा एक सय २९, गण्डकी प्रदेशमा एक सय एक, सुदुरपश्चिम प्रदेशमा ७१ र कर्णाली प्रदेशमा ५६ जना संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय