एक हजार ४१ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४९ जना महिला छन् भने ६ सय ९२ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
पछिल्लो पटक एक हजार ५ सय ६६ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या २७ हजार एक सय २७ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ७ लाख ५७ हजार ९ सय ६३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ७३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ५ सय ६१ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ८ हजार ४ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ६७ जना आइसीयूमा उपचाररत छन् । प्रदेश एकमा ३, प्रदेश २ मा २८, वागमती प्रदेशमा एक सय ८, गण्डकी प्रदेशमा ५ र प्रदेश ५ मा २० र कर्णालीमा ३ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश एकमा एक जना, वागमती प्रदेशमा २० जना र प्रदेश ५ मा ३ जना गरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा दुई सय ८० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय