आज हजारभन्दा कम संख्यामा नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

नेपालमा केहि दिनयताबाट दैनिक हजार बढि नयाँ संक्रमित थप भइरहेकामा आज भने यो संख्या घटेर हजारभन्दा तल झरेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ८० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये २ सय ९० महिला छन् भने ६ सय ९० जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो पटक एक हजार ८ सय १४ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ३ सय ८२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७ सय ३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार २७ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ८ २६ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७४ जना आइसीयूमा उपचाररत छन् । प्रदेश एकमा ९, प्रदेश २ मा २८, वागमती प्रदेशमा एक सय ९, गण्डकी प्रदेशमा ५ र प्रदेश ५ मा २० र कर्णालीमा ३ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश एकमा ३ जना, वागमती प्रदेशमा २१ जना र प्रदेश ५ मा ३ जना गरी २७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा दुई सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय