९८० नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३५४
SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

पछिल्लो २४ घन्टाको परिक्षणको नतिजा अनुसार नेपालमा कोरोना संक्रमणको अवस्थामा कमी आएको देखिएको छ भने पछिल्लो नतिजाबाट आम सर्वसाधारणले केही राहत पाएको महसूस गरेका छन् ।
कुल नयाँ संक्रमित संख्यामा पनि विगतका दिनको तुलनामा कमी आएको छ भने काठमाडौं उपत्यकामा पनि केही कमी आएको देखिएको छ ।
पछिल्ला केही दिनमा काठमाडौंमा मात्रै साढे ३ सय बढि नयाँ संक्रमित थपिने गरेकोमा आज भने काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा २ सय ९०, ललितपुर र भक्तपुरमा ३२/३२ जना रहेका छन् ।
त्यसैगरी सुनसरीमा ८६, बारामा ७३, सुर्खेतमा ४४, रुपन्देहीमा ३५, चितवनमा ३०, मोरङमा २९, झापामा २८, पर्सामा २५, स्याङ्जामा २२, कास्की र कैलालीमा २१/२१ जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै पाल्पामा १९, नवलपरासी पूर्वमा १२, सप्तरी, अर्घाखाँची र अछाममा ११/११, धनुषा, धादिङ र बझाङमा १०/१०, रौतहटमा ८, दोलखा र तनहुँमा ७/७, संखुवासभा, सिराहा, बर्दिया र बाँकेमा ६/६, सर्लाही, गोरखा र जुम्लामा ५/५ जनामा संक्रमण देखिएको छ ।
कपिलवस्तु र प्यूठानमा ४/४, महोत्तरी, बागलुङ, दाङ र कन्चनपुरमा ३/३, सिन्धुली, लमजुङ, नवलपरासी (पश्चिम), जाजरकोट, दैलेख र डडेलधुरामा २/२ जना कोरोना पोजेटिभ पाइएका छन् ।
उदयपुर, ओखलढुङ्गा, ताप्लेजुङ, भोजपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र कालिकोटमा एक/एक जना संक्रमित पाइएका छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा ४ सय ५ जना, प्रदेश एकमा एक सय ५३, प्रदेश २ मा एक सय ४१, प्रदेश ५ मा ९०, गण्डकी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ५४ र सुदुरपश्चिम प्रदेशमा ४७ जना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय