arin enterprises

९२१८ परिक्षणमा ९७९ नयाँ संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ७९ जना नयाँ संक्रमित थप भएका छन् । 

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो पटक एक हजार ७ सय ३६ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ७ लाख ७७ हजार ५ सय ६३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार २ सय १८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७ सय ३९ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार एक सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७१ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २० जनाको भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय