arin enterprises

९७९ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३२६

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

पछिल्लो १४ घन्टाको परिक्षणमा ४५ जिल्लाबाट ३ सय ३८ महिला र ६ सय ४१ जना पुरुष गरी ९ सय ७९ नयाँ संक्रमित भेटिएका छन् ।

अन्य जिल्लाहरुमा नयाँ संक्रमणको संख्या सय भन्दा कम हुँदा काठमाडौंमा अझै ३ सय नजिक नयाँ संत्रमित भेटिने क्रम जारी रहेको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा ३ सय २६ जना नयाँ संक्रमित भेटिएकोमा काठमाडौंमा २ सय ९३ जना रहेका छन् भने ललितपुरमा २० र भक्तपुरमा १३ जना छन् ।

त्यसैगरी मकवानपुरमा ७३, सुनसरीमा ६५, धनुषामा ४४, बाँकेमा ४२, सिरहा, बर्दिया र रुपन्देहीमा ४१/४१, मोरङमा ३९, कास्कीमा ३०, काभ्रेपलान्चोकमा २८ र सर्लाहीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरी, चितवन र सुर्खेतमा १९/१९, गोरखामा १८, झापा र नवलपरासी (पूर्व) मा १६/१६, लमजुङमा १५, गुल्मीमा ८, कन्चनपुरमा ७, पाँचथर र तनहुँमा ६/६, पाल्पामा ५, धादिङमा ४, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीमा ३/३ जनामा संक्रमण देखिएको छ ।

कपिलवस्तु, नवलपरासी (पश्चिम) र कालिकोटमा २/२, उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्यूठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुरामा एक/एक जना कोरोना पोजेटिभ भेटिएका छन् ।

अन्य प्रदेशमा नयाँ संक्रमितको संख्या २ सय भन्दा कम रहँदा वागमतीमा भने साढे ४ सय भन्दा माथि रहेको छ । 

वागमति प्रदेशमा ४ सय ५७ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश ५ मा एक सय ४२, प्रदेश एकमा एक सय २९, प्रदेश २ मा एक सय २७, गण्डकी प्रदेशमा ८६, कर्णाली प्रदेशमा २६ र सुदुरपश्चिम प्रदेशमा १२ जना नयाँ संक्रमित थप भएका छन् । 

Categorized in राष्ट्रिय