arin enterprises

देशभरी संक्रमित संख्या घट्दै गर्दा काठमाडौंमा आज पनि ३ सय नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ भाद्र २३, मंगलबार

पछिल्लो २४ घन्टामा गरिएको स्वाब परिक्षणमा ४६ जिल्लाबाट ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी जम्मा ९ सय २ जना कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु भेटिएका छन् ।

तीमध्ये काठमाडौं उपत्यकामा ३ सय ९६ रहेका छन् । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित भेटिएका हुन् ।

त्यसैगरी कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी, गोरखा र सुर्खेतमा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, बागलुङमा १०, कन्चनपुरमा ९, रौतहट, धादिङ र रामेछापमा ८/८, नवलपरासी (पुर्व) र बर्दियामा ७/७, सर्लाहीमा ६, बाँकेमा ५, महोत्तरी र सिराहामा ४/४ जनामा संक्रमण देखिएको छ ।

नुवाकोट, तनहुँ र दाङमा ३/३, उदयपुर, काभ्रेपलान्चोक, दोलखा र लमजुङमा २/२ र सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी (पश्चिम), रोल्पा, दैलेख र इलाममा एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा ४ सय ६४, प्रदेश एकमा एक सय २१, प्रदेश २ मा ९९, सुदुरपश्चिम प्रदेशमा ८६, गण्डकी प्रदेशमा ७२, प्रदेश ५ मा ४१, कर्णाली प्रदेशमा १९ जना संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय