१०८१ नयाँ संक्रमित थप, ९१८ निको भए
SamacharDesk – बिकाश | २०७७ भाद्र २४, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ८१ जना नयाँ संक्रमित थप भएका छन् ।
तीमध्ये ३ सय ३८ जना महिला छन् भने ७ सय ४३ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
पछिल्लो पटक ९ सय १८ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ७ लाख ९९ हजार ३ सय ४१ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार एक सय ६७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ४ सय ८० रहेको छ ।
सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ६२ जना आइसीयूमा उपचाररत छन् ।
प्रदेश एकमा ५ जना, प्रदेश २ मा २४, वागमती प्रदेशमा एक सय एक, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा एक जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी वागमती प्रदेशमा २१ जना र प्रदेश ५ मा एक जना गरी जम्मा २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ३ महिला र ५ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय