arin enterprises

काठमाडौंमा ४ सय नजिक नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ भाद्र २४, बुधबार

काठमाडौंमा पछिल्ला केही दिन नयाँ संक्रमितको संख्या ३ सय भन्दा तल देखिएकोमा आज फेरी यो संख्या बढेर ४ सय नजिक पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५१ जिल्लाबाट एक हजार ८१ जना नयाँ संक्रमित थप भएकोमा ४ सय ६४ जना काठमाडौं उपत्यकाभित्रका छन् । तीमध्ये काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना रहेका छन् ।

त्यसैगरी सिराहामा ८१, मोरङमा ७७, रौतहटमा ७०, सुनसरीमा ५६, मकवानपुर र रुपन्देहीमा ४२/४२, सप्तरीमा २६, बाँके र सुर्खेतमा २२/२२, चितवनमा २१, बारामा १७, बर्दियामा १३, नवलपरासी पश्चिममा १२, कपिलवस्तुमा ११ र कास्कीमा १० जना रहेका छन् ।

त्यस्तै धनकुटामा ९, काभ्रेपलान्चोकमा ८, झापा, पर्सा र सर्लाहीमा ६/६, भोजपुरमा ५, नुवाकोट र तनहुँमा ४/४, ओखलढुङा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलामा ३/३, खोटाङ, महोत्तरी, धादिङ, बागलुङ, गुल्मी, पाल्पा, दैलेख र बझाङमा २/२ जनामा संक्रमण भेटिएको छ ।

उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपरासी (पुर्व), पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछाममा एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा ५ सय ५१, प्रदेश २ मा २ सय ११, प्रदेश एकमा एक सय ६०, प्रदेश ५ मा एक सय ५, कर्णाली प्रदेशमा २५ र गण्डकी प्रदेशमा २३ र सुदुरपश्चिम प्रदेशमा ६ जना कोरोना पोजेटिभ पाइएका छन् ।

Categorized in राष्ट्रिय