११ हजार १४४ परिक्षणमा एक हजार २४६ मा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ भाद्र २५, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप भएका छन् ।
तीमध्ये ४ सय २ जना महिला छन् भने ८ सय ४४ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५० हजार ४ सय ८५ पुगेको छ ।
पछिल्लो पटक एक हजार ८ सय १८ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३५ हजार ७ सय पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ८ लाख १० हजार ४ सय ८५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार एक सय ४४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ८ सय ६ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार ४ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ६५ जना आइसीयूमा उपचाररत छन् ।
प्रदेश एकमा ४ जना, प्रदेश २ मा २४, वागमती प्रदेशमा एक सय ५, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा एक जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी वागमती प्रदेशमा २० जना र प्रदेश ५ मा एक जना गरी जम्मा २१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप एक महिला र ४ पुरुष गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय