arin enterprises

काठमाडौं उपत्यकाभित्र नयाँ संक्रमितको संख्या ६ सय नजिक

SamacharDesk – बिकाश | २०७७ भाद्र २५, बिहिबार

निषेधाज्ञा खुलेको पहिलो दिन आज काठमाडौं उपत्यकामा ६ सय नजिकको संख्यामा कोरोेनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु थप भएका छन् ।

काठमाडौं उपत्यकामा आज ५ सय ७२ नयाँ संक्रमित थपिएकोमा काठमाडौंमा ४ सय ९५ रहेका छन् भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना छन् ।

त्यस्तै बाँकेमा ७०, रुपन्देहीमा ५१, कपिलवस्तुमा ४४, सर्लाहीमा ४२, नवलपरासी (पश्चिम) मा ३७, काभ्रेपलान्चोकमा ३६, सप्तरी र मकवानपुरमा ३५/३५, पाल्पामा २९, धनुषामा २७, सुनसरीमा २३, संखुवासभामा २२, कास्की र कैलालीमा २१÷२१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी चितवनमा १८, बारामा १७, मोरङमा १६, स्याङ्जामा १२, झापा र पर्सामा ११/११, बर्दियामा १०, बागलुङमा ९, नवलपरासी (पूर्व) मा ८, गुल्मीमा ७, रुकुमपश्चिम र सल्यानमा ६/६, तनहुँ र सुर्खेतमा ५/५, पाँचथर र दाङमा ४/४ जना कोरोना पोजेटिभ पाइएको छन् ।

भोजपुर, दोलखा र धादिङमा ३/३, इलाम, उदयपुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीमा २/२, खोटाङ, सिराहा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, वैतडी र बाजुरामा एक/एक जनामा संक्रमण पुष्टि भएको  छ ।

प्रदेशहरुमा वागमती प्रदेशमा ६ सय ७२, प्रदेश ५ मा २ सय ५५, प्रदेश २ मा एक सय ३५, प्रदेश एकमा ८४, गण्डकी प्रदेशमा ५९, सुदुरपश्चिम प्रदेशमा २४, कर्णाली प्रदेशमा १७ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय