arin enterprises

संक्रमण बढ्दो दरमा, आज एक हजार ४५४ मा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप भएका छन् । 

तीमध्ये ४ सय ३६ जना महिला छन् भने ९ सय ९१ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

पछिल्लो पटक ९ सय ७२ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ८ लाख २१ हजार एक सय ८६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ७ सय एक जनाको नमूना परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ७८ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार ६ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७० जना आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा ५ जना, प्रदेश २ मा २४, वागमती प्रदेशमा एक सय ७, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा एक जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी वागमती प्रदेशमा २२ जना, प्रदेश ५ मा २ जना र सुदुरपश्चिम प्रदेशमा एक जना समेत जम्मा २५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप एक महिला र ४ पुरुष गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय