काठमाडौंमा आजसम्मकै उच्च संख्या नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

काठमाडौंमा आजसम्मकै उच्च संख्या नयाँ संक्रमित भेटिएका छन् ।
देशभरीबाट एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामै ७ सय ५ जना रहेका छन् भने तीमध्ये काठमाडौंमा मात्रै ६ सय २० जना र ललितपुर र भक्तपुरमा ३८÷३८ जना रहेका छन् ।
त्यसैगरी रुपन्देहीमा सय बढिमा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा एक सय २ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै चितवनमा ७४, कैलालीमा ६७, मकवानपुरमा ५४, मोरङमा ४७, सुनसरीमा ४४, सिराहामा ४२, नवलपरासी (पूर्व) मा ३८, नवलपरासी (पश्चिम) मा ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६ र गुल्मीमा २० जना संक्रमित देखिएका छन् ।
साथै, बाँकेमा १८, झापामा १४, प्यूठानमा १३, संखुवासभा र पाल्पामा १२/१२, काभ्रेपलान्चोक, कास्की र रुकुमपूर्वमा ११/११, तनहुँमा ८, सर्लाहीमा ७, रौतहट, गोरखा, लमजुङ र डोटीमा ६/६, दाङमा ५, सप्तरी र स्याङ्जामा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
पर्सा, नुवाकोट र रोल्पामा ३/३, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कन्चनपुरमा २/२ र धादिङ, रामेछाप, बर्दिया र जुम्लामा एक/एक जना नयाँ संक्रमित पाइएका छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा ८ सय ४४, प्रदेश ५ मा २ सय ४८, प्रदेश एकमा एक सय १७, गण्डकी र सुदुरपश्चिम प्रदेशमा ७५÷७५, प्रदेश २ मा ६८, कर्णाली प्रदेशमा २७ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय