arin enterprises

एक हजार २०१ नयाँ संक्रमित थप, ८५२ निको भए

SamacharDesk – बिकाश | २०७७ भाद्र २७, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय एक जना नयाँ संक्रमित थप भएका छन् । 

तीमध्ये ४ सय १६ जना महिला छन् भने ७ सय ८५ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५३ हजार एक सय २० पुगेको छ ।

पछिल्लो पटक ८ सय ५२ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ८ लाख ३१ हजार ३ सय ६२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार एक सय ७६ जनाको नमूना परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ३ सय ५४ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार एक सय ५३ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार एक सय ७ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ६० जना आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा ५ जना, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी वागमती प्रदेशमा २१ जना, प्रदेश ५ मा २ जना र सुदुरपश्चिम प्रदेशमा एक जना समेत जम्मा २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप ३ जना महिला र ११ पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय