उपत्यकामा ४ सय ३१ नयाँ संक्रमित थपिँदा काठमाडौंमा ३ सय ७७
SamacharDesk – बिकाश | २०७७ भाद्र २७, शनिबार

काठमाडौं उपत्यकामा हिजोको अनुपातमा आज कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितको संख्यामा कमी आएको छ ।
हिजो ६ सय २० नयाँ संक्रमित भेटिएको काठमाडौंमा आज भने ३ सय ७७ जनामा संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३७ र भक्तपुरमा १७ गरी काठमाडौं उपत्यकामा ४ सय ३१ जना नयाँ संक्रमित थप भएका छन् ।
त्यसैगरी मकवानपुरमा एक सय ७, चितवनमा ९२, सर्लाहीमा ८३, रुपन्देहीमा ८१, मोरङमा ५८, नवलपरासी (पूर्व) मा ५१, कास्कीमा ३५, बाँकेमा ३२, दाङमा २४, कपिलवस्तुमा २२, बर्दिया र सुर्खेतमा १८, बारामा १५, सुनसरीमा १४ र पर्सा र सप्तरीमा १०/१० जना नयाँ संक्रमित भेटिएका छन् ।
साथमा, पाल्पामा ९, महोत्तरी, रोल्पा र कन्चनपुरमा ८/८, सिराहा, रामेछाप र स्याङ्जामा ७/७, गोरखामा ६, रौतहट, दैलेख र कैलालीमा ४/४, अर्घाखाँची, नवलपरासी (पश्चिम) र बागलुङमा ३/३ जना नयाँ संक्रमित थप भएका छन् ।
काभ्रेपलान्चोक, रुकुमपूर्व र डडेलधुरामा २/२ र इलाम, उदयपुर, ओखलढुङ्गा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ, प्यूठान र डोटीमा एक/एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ६ सय ४३, प्रदेश ५ मा २ सय ३, प्रदेश २ मा एक सय ३८, गण्डकी प्रदेशमा एक सय ४, प्रदेश एकमा ७६, कर्णाली प्रदेशमा २२ र सुदुरपश्चिम प्रदेशमा १५ जना नयाँ कोरोना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय