arin enterprises

४५ जिल्लाका एक हजार ३९ मध्ये काठमाडौं उपत्यकामा ५ सय ९७ नयाँ संक्रमित

SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

काठमाडौं उपत्यकामा ५ सय ९७ नयाँ संक्रमित थप भएका छन् । आज काठमाडौंमा ४ सय ८३ नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थप भएका छन् ।

त्यसैगरी मोरङमा ७१, बर्दियामा ६१, धादिङमा ३४, रुपन्देहीमा ३१, चितवन र लमजुङमा २७/२७, सर्लाहीमा २२, नवलपरासी (पूर्व) मा २० जना नयाँ संक्रमित देखिएका छन् ।

त्यस्तै बाँकेमा १७, धनुषा र कन्चनपुरमा १४/१४, नुवाकोटमा ९, नवलपरासी (पश्चिम) मा ८, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीमा ७/७, स्याङ्जामा ५, पर्सा, बारा र कपिलवस्तुमा ४/४, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुरामा ३/३ जना कोरोना पोजेटिभ पाइएका छन् ।

खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्यूठान, जुम्ला र अछाममा २/२ र उदयपुर, झापा, रौतहट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुमपश्चिममा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशहरुमा वागमती प्रदेशमा ६ सय ७१, प्रदेश ५ मा एक सय २७, प्रदेश एकमा ७८, गण्डकी प्रदेशमा ७३, प्रदेश २ मा ५३, सुदुरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय