एक हजार ४५९ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ भाद्र ३०, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ४ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् ।
तीमध्ये ४ सय ४६ जना महिला छन् भने एक हजार १३ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
पछिल्लो पटक एक हजार ६२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ३ सय ७५ जनाको नमूना परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार २ सय ५० रहेको छ ।
सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ६ सय ४० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार एक सय ३९ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७४ जना आइसीयूमा उपचाररत छन् ।
प्रदेश एकमा ५ जना, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय २३, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश एकमा एक जना, वागमती प्रदेशमा २५ जना, प्रदेश ५ मा एक जना र सुदुरपश्चिम प्रदेशमा एक जना समेत जम्मा २८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ४ जना महिला र पुरुष ७ जना गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय